काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको नाम तय गरेको छ । आइतबार राति अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निजी निवासमा भएको छलफलमा मन्त्री बन्नेहरूको नामबारे छलफल भएको एमालेका एक नेताले जानकारी दिएका छन् ।
छलफलमा सहभागी एक नेताका अनुसार उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवद्धय योगेश भट्टराई र छविलाल विश्वकर्मा , नेताहरू कृष्णगोपाल श्रेष्ठ, विद्या भट्टराई, जुलीकुमारी महतो र दामोदर भण्डारीलाई मन्त्रीमा लाने तय गरेको स्रोतको दावी छ ।
मन्त्री कलाई बनाउन सहजता हुन्छ र सरकारमा रणनितिक तवरले कसरी अगाडी वढ्न सकिन्छ र सरकार सञ्चालन गर्न कसरी सहज हुने भन्दै हेभीवेट नेताहरूलाई मन्त्री बनाउन अध्यक्ष ओली आफै लागेको स्रोतले जानकारी गरायो । मन्त्री छान्ने जिम्मा अध्यक्षलाई दिइएकाले ओलीको स्पिरिटमा काम गर्न सक्नेलाई मन्त्रीको जिम्मेवारी दिन लागेको बताए ।
एमालेको भागमा अर्थ, सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेका छन् ।
त्यसैगरी गृह, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय कांग्रेसको भागमा परेको छ । अध्यक्ष केपी शर्मा ओलीका विश्वासका पात्रका रुपमा रहेका कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवार मन्त्रालय दिईने भएको स्रोत बताउछ । २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका समय तत्कालिन प्रधामन्त्री ओलीले जननेता कृष्णगोपाल क्षेष्ठलाई शिक्षा मन्त्रालय सहित दर्जन मन्त्रालयको जिम्मा दिएका थिए ।