• ट्रेण्डिङ :

दाङमा करेन्ट लागेर एकजनाको मृत्यु

दाङमा करेन्ट लागेर एकजनाको मृत्यु

cnewsnepal

मंगलबार, भाद्र ११ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

घरछेउमा रहेको गोठको छानामा फलेको तरकारी टिप्ने क्रममा मंगलवार विहान करेन्ट लाग्दा घोराही उपमहानगरपालिका–१२ डाडागाउँका ६८ बर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर चौधरीको घट्नास्थलमै मृत्यु भएको थियो । गोठको छानामा फलेको लौका टिप्नका लागि चढेको समयमा नजिकै रहेको सप्लाई तारले छुदा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

मृतकलाई पोस्टमाट्मका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा राखीएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार