लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश शिक्षानीति बनाई लागु गर्नमा सङ्घ सरकार बाधक रहेको आरोप लगाउनुभएको छ ।
दाङको लालमटियामा २०८२ असार ७ गते शनिबार लुम्बिनी प्रदेश पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपालको प्रथम भेलालाई मुख्य अतिथिको आसनबाट सम्बोधन गर्दै उहा“ले यस्तो कुरा बताउनुभएको हो ।
उहा“ले सङ्घ सरकारको द्वैध नीतिका कारण प्रदेशमा शिक्षानीति बन्न नसकेको आक्रोश व्यक्त गर्नुभयो ।
समारोहलाई विशिष्ट अतिथिको आसनबाट सम्बोधन गर्दै प्रदेश सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले सबै विषयमा आन्दोलनबाट हल खोज्नु राम्रो हुँदैन भन्नुहुँदै अब देशको समृद्धिमा बौद्धिक वर्ग पनि कटिबद्ध हुनुपर्ने धारणा राख्नुभयो ।
अर्का विशिष्ट अतिथि संविधानसभाका सदस्य रश्मिराज नेपालीले २०२८ सालको तत्कालीन राजा वीरेन्द्रको शिक्षानीतिमाथि टेकेर अहिलेका आफूलाई ठुला भन्ने पार्टीहरूले समाजवादको वकालत गनुर्् हास्यास्पद कुरा भएको बताउनुभयो ।
प्राध्यापक सङ्घ लुम्बिनी प्रदेश संयोजक प्रा. युवराज रावतको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्राडा ताराप्रसाद उपाध्यायले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
भेलामा केन्द्रीय अध्यक्ष शत्रुघनप्रसाद गुप्ता, उपमहासचिव टेकप्रसाद पौडेल, प्राडा नरेन्द्रप्रसाद कोइराला, देउखुरी बहुमुखी क्याम्पस लमहीका क्याम्पसप्रमुख शेषमणि गौतम, ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाका क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली, सञ्चालक समितिका अध्यक्ष केशवराज खनाल, पब्लिक क्याम्पस सङ्घका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णा खनाल, प्रदेश इन्चार्ज माया घिमिरे, सङ्घकै गोपालप्रसाद पाण्डेलगाएतले टिप्पणी गर्नुभएको थियो ।
प्रदेश समितिका सहसंयोजक खिमराज घिमिरेको स्वागत मन्तव्य र प्रदेश सचिव रोमनाथ शर्माको सञ्चालनमा सम्पन्न भेलाले १५ बुँदे लालमटिया घोषणापत्र जारी गरेको थियो ।
भेलाले सिद्धरतननाथ बहुमुखी क्याम्पस नारायणपुर दाङका सीमा केसीको संयोजकत्वमा नौ सदस्यीय दाङ जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा भेषबहादुर बुढाथाकी ऐरावती (आदर्श बहुमुखी क्याम्पस लालमटिया), सचिवमा भेषराज पोख्रेल (देउखुरी बहुमुखी क्याम्पस लमही), कोषाध्यक्षमा यशोदा पाण्डे (राप्ती बबई क्याम्पस तुल्सिपुर), सदस्यमा अजय शर्मा (पद्मोदय क्याम्पस घोराही), गोविन्द कुँवर ओली (गढवा बहुमुखी क्याम्पस गढवा), प्रेमबहादुर ओली (पुरनधारा बहुमुखी क्याम्पस हंसपुर), चन्द्रमान खड्का (राप्ती बबई क्याम्पस तुल्सिपुर) र सिद्वपृथ्वी क्याम्पस श्रीगाउँलाई स्थान राखी व्यक्ति पछि छनौट गर्ने समझदारी भएको छ ।