• ट्रेण्डिङ :

पोर्चुगलको जितमा रोनाल्डोको निर्णायक गोल

पोर्चुगलको जितमा रोनाल्डोको निर्णायक गोल

cnewsnepal

सोमबार, भाद्र २४ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


इएफए नेसन्स लिगअन्तर्गत समूह ए१ को खेलमा पोर्चुगलले स्कटल्यान्डलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा पोर्चुगलले स्कटल्यान्डमाथि २-१ गोलको जित निकाल्यो।

खेलको सातौं मिनेटमा म्याकटोमिनीको गोलबाट स्कटल्यान्डले खेलमा अग्रता लिएको थियो।

तर ब्रुनो फर्नान्डेजले ५४ मिनेटमा बराबरी गोल फर्काउन सफल भए। ८८ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दा पोर्चुगलले खेलमा २-१ गोलको अग्रता लियो।

सोहि गोल निर्णायक बन्दा पोर्चुगलले खेल जित्यो। समूहमा पोर्चुगलले लगातार दोस्रो खेलमा जित निकालेको हो।

रोनाल्डो दोस्रो हाफको सुरुमै मैदान छिरेका थिए। उनले आफ्नो करिअरको ९०१औं गोल गर्नुअघि दुई पटक पोस्टमा प्रहार गरेका थिए।

यता समूह ए४ को खेलमा स्पेनले स्विट्जरल्यान्डमाथि ४-१ गोलको जित निकालेको छ।

उसका लागि जोसेलुले चौथो मिनेटमा गोल गर्दा फाबियन रूइजले १३ र र ७७ मिनेटमा दुई गोल गर्न सफल भए।

२० मिनेटमा रोनमान्डले रातो कार्ड पाउदा १० खेलाडीमा सीमित भए पनि स्पेनले उत्कृष्ट खेल देखायो। उसका लागि फेरान टोरेसले ८० मिनेटमा चौथो गोल गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार