• ट्रेण्डिङ :

एन्फा मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ५ विद्यार्थी बेपता

एन्फा मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ५ विद्यार्थी बेपता

cnewsnepal

शनिबार, असोज १२ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ५ विद्यार्थी बेपता भएका छन् ।

शक्रबार एन्फा एकेडेमीका सुरक्षाकर्मीलाई छलेर भागेका ५ जना विद्यार्थीहरु बेपता भएका हुन् ।

बिहीबारदेखि परेको वर्षाका कारण शुक्रबार कुलेखानीको ड्याम खोल्ने जानकारी पाएका उनीहरु बगाउने डरले सुरक्षाकर्मीलाई छलेर भागेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । स्थानीय वत्सला माध्यमिक विद्यालयमा एन्फाले होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ५ जना सम्पर्क बेपता भएका हुन् ।

कार्यालयकी प्रमुख प्रहरी निरिक्षक ललिता ढकालका अनुुसार एकेडेमीका खेलाडी कुलेखानीको बाढीबाट बच्न भन्दै सुरक्षाकर्मीलाई छलेर भागेको जानकारी आएको बताइन् ।

उनीहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । एन्फा केन्द्रीय सदस्य टिकाराम लामाका अनुसार बेपत्ता हुने विद्यार्थीहरुमा अनुप घलान मकवानपरु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन् । एन्फाले सिस्नेरीमा गतवर्ष पहिलो पटक एकेडेमी संचालन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार