झापा, १५ असोज । विगत केही दिनदेखि आएको अविरल वर्षाका कारण झापामा खोलाले बगाएर बेपत्ता बनाएका तीनै जनाको शव फेला परेको छ ।
गौरीगञ्जमा एक जना, दमकमा एक जना र कचनकवलमा एकजना खोलाले बगाएर बेपत्ता भएका थिए । असोज ११ गते कचनकवल–१ चमरभिट्टाकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएको थियो । उनको शव १३ गते फेला परेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार