• ट्रेण्डिङ :

टी–ट्वान्टी : नेपालले हरायो ओमानलाई

टी–ट्वान्टी : नेपालले हरायो ओमानलाई

cnewsnepal

बिहिबार, असोज १७ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ ।

क्यानडाको किङ सिटीमा २०८१ असोज १६ गते बुधबार राति भएको खेलमा नेपालले ५६ रनले जित हात पारेको हो ।

नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा एक सय एक रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए ।

यसअघि नेपालले सात विकेटको क्षतिमा एक सय ५७ रन जोड्यो । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजमा ओमानलाई ५६ रनले हरायो ।

नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए । टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५७ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए । ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार