• ट्रेण्डिङ :

दसैँको अवसरमा युएईका नेपालीबीच शुभकामना आदान–प्रदान

दसैँको अवसरमा युएईका नेपालीबीच शुभकामना आदान–प्रदान

cnewsnepal

सोमबार, असोज २८ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


युएई नेपाली एकता समाजले बडा दसैँ २०८१ का अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।

असोज २६ गते (२०२४ अक्टोबर १२ तारिख) का दिन समाजले नेपाली श्रमिकबीच शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

युएई नेपाली एकता समाजका अध्यक्ष अर्जुन प्रसाद उपाध्याय, सल्लाहकार दिनेश थापा र क्षेत्रीय समिति महिला विभागका सचिव बिना तामाङले उपस्थित नेपालीहरूलाई टीका लगाएर शुभकामना दिनुभएको थियो ।

त्यसक्रममा उहाँहरूले सम्पूर्ण नेपालीहरूमा मेलमिलाप तथा सद्भाव कायम रहोस् भनी कामना गर्नुभएको थियो ।

नेपाली एकता समाजले विदेशी भूमिमा कार्यरत नेपालीहरूलाई एकैठाउँमा भेला गरी चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान गर्ने गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार