• ट्रेण्डिङ :

गौरीशंकरको उपाध्यक्षमा एमाले विजयी

गौरीशंकरको उपाध्यक्षमा एमाले विजयी

cnewsnepal

मंगलबार, मंसिर १८ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उमा मगर शेर्पा विजयी भएकी छिन्।

उनले २ हजार ८०५ मत प्राप्त गर्दै विजयी भएकी हुन् भने नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पा २ हजार ६ सय मत प्राप्त गरेकी हुन् ।

नेपाली कांग्रेसकी उम्मेदवार पाशदिकी तामाङ शेर्पाको पक्षमा १ हजार ७ सय २७ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गौरीशंकरमा आइतबार उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा १५ हजार ७ सय १८ मतदातामा ७ हजार ५ सय ८९ मत खसेको थियो।

उक्त पालिका उपाध्यक्ष बन्न राजनीतिक दलका र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार