• ट्रेण्डिङ :

कोसीका पूर्वमुख्यमन्त्री उद्धव थापा झापामा कुटिए

कोसीका पूर्वमुख्यमन्त्री उद्धव थापा झापामा कुटिए

cnewsnepal

आइतबार, माघ ६ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । कोसी प्रदेश मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट भएको छ ।

शनिबर झापामा आयोजित एक कार्यक्रमबाट फर्किँदै गरेका थापामाथि कन्काई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कुटपिटबाट थापा घाइते भएका छन्। उनको आँखामा चोट लागेको छ । थापा बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बा १ झ ६५३ नम्बरको गाडीमा फर्किंदै गरेका थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपिट गरेको प्रहरीको भनाई छ।

विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो ।

थापामाथि कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार