• ट्रेण्डिङ :

राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि १३ काे अध्यक्षमा युवा व्यवसायी बुढाथोकी

राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि १३ काे अध्यक्षमा युवा व्यवसायी बुढाथोकी

cnewsnepal

बिहिबार, फाल्गुन ८ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


८ फागुन,काठमाडौं  । युवा व्यवसायी अशोक बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि १३ काे सभापतिमा चयन भएका छन् ।

नैकापमा आयोजित सो पार्टीको प्रथम वडा अधिवेशनले बुढाथोकी को नेतृत्वमा सात सदस्यीय वडा कमिटि गठन गरेको हो ।

कार्यक्रममा सचिवमा माधवराज पनेरु सर्वसम्मत चयन भएकाे अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

सदस्यमा क्रमश देवहरी खड्का,डिल्ली पुसाद लामिछाने
प्रकाशमणि गाैतम, सुदामा केसी खत्री सर्वसम्मत भएका छन् ।
सदस्य पदका दुई स्थान भने रिक्त छन् ।

कार्यक्रममा बाेल्दै रास्वपाका नेता टेकबहादुर पोखरेल (प्रभुराम) ले देशकाे समग्र रूपान्तरण नयाँ शक्ति एक भएर लाग्ने बताए ।

रास्वपा चन्द्रागिरि नगरपालिकाका वडा नं ५, ८, १०, १५ को अधिवेशन सम्पन्न भइसकेको र बाकी वडाहरूमा गर्दै जाने र नगर सभाकाे मिति पनि तय गरिने जानकारी दिएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार