• ट्रेण्डिङ :

कालिकोटमा ट्र्याक्टर दुर्घटना: ४ जनाको ज्यान गयो

कालिकोटमा ट्र्याक्टर दुर्घटना: ४ जनाको ज्यान गयो

cnewsnepal

सोमबार, बैशाख ८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


कालिकोट — कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार राति करिब ११ बजे पलाँता-२ स्थित लार्फ गाउँ नजिक उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार, पलाँता-९ थिर्पुबाट खाद्यान्न बोकेर स्थानीय खिनतर्फ जाँदै गरेको ट्र्याक्टर अचानक अनियन्त्रित भएर भीरबाट खसेको थियो।

दुर्घटनामा परी ज्यान गुमाउनेमा पलाँता-४ की अम्मा शाही, सदु बुढा, रबिन्द्र विश्वकर्मा र मुगुको खत्याड गाउँपालिका-५ का चन्द्रप्रकाश रोकाया रहेको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार