• ट्रेण्डिङ :

“शिक्षामन्त्री बन्ने हल्ला कपोलकल्पित हो” – डा. अन्जान शाक्यको स्पष्टिकरण

“शिक्षामन्त्री बन्ने हल्ला कपोलकल्पित हो” – डा. अन्जान शाक्यको स्पष्टिकरण

cnewsnepal

मंगलबार, बैशाख ९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


९ बैशाख,काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा पूर्वराजदूत डा. अन्जान शाक्यले केही सञ्चारमाध्यममार्फत आफूलाई शिक्षामन्त्री बन्न लागेको भनी गरिएको प्रचारप्रति कडा आपत्ति जनाउँदै भ्रममा नपर्न सबैलाई अनुरोध गरेकी छन्।

शाक्यले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टिकरण दिंदै आफूसँग न जानकारी, न रुचि, न त विज्ञता भएको मन्त्रालयसँग आफूलाई जोडेर गरिएको प्रचार कपोलकल्पित र भ्रामक भएको बताएकी छन्।

उनले लेखेकी छन्, “मैले नवोल्दा वा प्रतिक्रिया नदिँदा पनि हुने हो, तर शुभचिन्तक तथा सरोकारवालामा भ्रम नफैलियोस् भनेर सामान्य जानकारी गराउने प्रयास गरेकी हुँ।”

डा. शाक्य हालै अन्तर–व्यवस्थापिका सङ्घ (IPU) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएकी छन्। उनले नेपालको प्रतिष्ठा अन्तराष्ट्रिय स्तरमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको जनाएकी छन्।

“अहिले मन्त्री भएर आफ्ना हालका कर्तव्यबाट विमुख हुनुहुन्न भन्नेमा प्रतिवद्ध छु,” शाक्यले भनिन्।

शाक्यले आफूविरुद्ध केही व्यक्तिहरू पूर्वाग्रही ढंगले प्रचारमा लागेको आशंका व्यक्त गरेकी छन्। साथै, यस्ता भ्रामक प्रचारमा नलाग्न सबैलाई आग्रह गर्दै सञ्चारमाध्यमलाई सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न अनुरोध गरेकी छन्।

सामाजिक सञ्जालबाट डा . शाक्य 

प्रतिक्रिया
सम्बन्धित समाचार