• ट्रेण्डिङ :

माओवादी केन्द्रको संसदीय दल बैठक जारी, बजेट अधिवेशन र विधेयकहरूबारे रणनीति तय

माओवादी केन्द्रको संसदीय दल बैठक जारी, बजेट अधिवेशन र विधेयकहरूबारे रणनीति तय

cnewsnepal

बिहिबार, बैशाख ११ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


११ बैशाख ,काठमाडौं । नेपाल  कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ।

बैठकमा भोलिदेखि सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका र प्रस्तुतिको रणनीतिबारे विस्तृत छलफल भइरहेको छ।

बैठकमा संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीको धारणा र रणनीति तय गर्ने विषयमा पनि गम्भीर छलफल भइरहेको स्रोतले जनाएको छ।

पार्टी नेतृत्वले सांसदहरूलाई संसदमा प्रभावकारी उपस्थिति र पार्टीको नीतिअनुसार धारणा प्रस्तुत गर्न निर्देशन दिने तयारी गरेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार