• ट्रेण्डिङ :

राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री

राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री

cnewsnepal

बुधबार, बैशाख १७ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको संघर्षबाट प्राप्त गणतन्त्र कहिल्यै उल्टन नसक्ने बताउँदै राजतन्त्र फर्काउने सपना देख्नेहरूलाई कडा सन्देश दिएका छन्।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले गणतन्त्रको विरोध गर्ने प्रवृत्तिविरुद्ध सांस्कृतिक ढंगमा प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।

उनले केही समूहहरू अझै पनि स्वतन्त्रता नचाहेर ‘रैती हुन पाऊँ’ भन्ने मानसिकता बोकेर वर्तमान व्यवस्थालाई बदनाम गर्न खोजिरहेको टिप्पणी गर्दै त्यसविरुद्ध जनचेतनात्मक सांस्कृतिक सृजनाको आवश्यक्ता औँल्याए। “राति चार स्याल कराउँदा वन घन्किएजस्तो मात्रै हो, त्यसले गणतन्त्रलाई असर गर्दैन,” उनले व्यंग्य गरे ।

प्रधानमन्त्री ओलीले देशको विविधता झल्काउने सकारात्मक चलचित्र र नाटक निर्माण गर्नुपर्नेमा पनि जोड दिए। उनले भने, “जनताको जीवन, स्वतन्त्रता र समृद्धिका पक्षमा प्रेरणादायी सन्देश दिने सांस्कृतिक उत्पादनहरूलाई जनताले साथ दिन्छन्।”

प्रतिक्रिया
सम्बन्धित समाचार