• ट्रेण्डिङ :

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल जारी

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल जारी

cnewsnepal

आइतबार, बैशाख २१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२१ वैशाख,काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सिंहदरबारमा छलफल जारी छ।

प्रधानमन्त्री कार्यालयका अनुसार, यस भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषयहरूमा गहन छलफल भइरहेको हाे।

यस छलफलमा प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका महासचिव वर्षमान पुन पनि सहभागी छन्।

माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गर्नुअघि आइतबार द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले प्रधानमन्त्री ओलीसँग भेट गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए।

प्रधानमन्त्री ओली र प्रचण्ड बीचको यो छलफल संक्रमणकालीन न्याय प्रक्रियामा तीव्रता ल्याउने र समसामयिक मुद्दाहरूमा सहमति बनाउने आशा गरिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार