पुर्व प्रधानमन्त्री डाक्टर बावुराम भट्टराईले नेतृत्व गरेकाे पार्टी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले २२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी हमलाको कडा भर्त्सना गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
पार्टीले यस हमलामा एक नेपाली नागरिकसहित दुई दर्जनभन्दा बढी निर्दोष पर्यटकहरूको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ।
पार्टीका प्रवक्ता कृष्ण शर्माले जारी गरेको विज्ञप्तिमा भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति गम्भीर चासो व्यक्त गर्दै दुबै मित्र राष्ट्रहरूलाई संयम अपनाउन र समस्याहरूलाई कूटनीतिक तथा शान्तिपूर्ण माध्यमद्वारा समाधान गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार