• ट्रेण्डिङ :

रुपन्देहीमा अबैध माटो उत्खनन् : ३ सवारीसाधन नियन्त्रण, ९५ हजार जरिवाना

रुपन्देहीमा अबैध माटो उत्खनन् : ३ सवारीसाधन नियन्त्रण, ९५ हजार जरिवाना

cnewsnepal

आइतबार, बैशाख २८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२८ बैशाख,बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध रुपमा माटो उत्खनन् तथा ओसारप्रसारमा संलग्न सवारी साधनहरु नियन्त्रणमा लिएको छ।

कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला रूपन्देही ओमसतिया गाउँपालिका वडा नं. ०४ मा बिना कागजात माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेका सवारी साधनहरु फेला पारी नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका सवारी साधनहरुमा लु १ क ४५१३ नम्बरको जेसीबी र लु २ ख ३९०१ तथा लु २ ख ५३४२ नम्बरका टिप्परहरु रहेका छन्। यी सवारी साधनहरु आवश्यक कानूनी कारबाहीका लागि सोही दिन ओमसतिया गाउँपालिकाको कार्यालयमा पठाइएका थिए। कार्यालयले रु. ९५ हजार जरिवाना तिराई सवारी साधनहरु रिहा गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार