• ट्रेण्डिङ :

मूल प्रवाहका नेता खुमबहादुर बैदुवारलाई प्रवासबाट बिदाई

मूल प्रवाहका नेता खुमबहादुर बैदुवारलाई प्रवासबाट बिदाई

cnewsnepal

सोमबार, बैशाख २९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


चन्डिगढ (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिका सल्लाहकार खुमबहादुर बैदुवारलाई बिदाइ गरिएको छ ।

नगर समितिको आयोजनामा मे ११, २०२५ का दिन औपचारिक कार्यक्रम गर्दै उहाँलाई बिदाई गरिएको हो ।

रोपडमा सन् २००० देखि मूल प्रवाहको सदस्यता लिएर विभिन्न जिम्वेवारी निभाउँदै आउनुभएका खुमबहादुरलाई आफूले काम गर्ने कम्पनीबाट स्वैच्छिक सेवानिवृत हुनुभएको थियो ।

बिदाई समारोहमा उहाँलाई नगर समितिको तर्फबाट फूलमाला लगाएर प्रशंसापत्र र स्मृतिचिह्न प्रदान गरिएको थियो ।

कार्यक्रममा सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य बिलबहादुर गुरुङ, महिला क्षेत्रीय सदस्य तुलसी थापा, सांस्कृतिक विभागकी रूपा कार्कीलगायतले मन्तव्य राख्नुभएको थियो ।

भीमबहादुर कार्कीको अध्यक्षता तथा मदन थापाको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई नारायण सापकोटाले स्वागत गर्नुभएको थियो ।

खुमबहादुर पाल्पा जिल्ला, रम्बा गाउँपालिका वडा नम्बर ३,अगाखोलाका वासिन्दा हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार