काठमाडौँ । जनमत पार्टीबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले राजीनामा दिएकी छन् ।
जनमत पार्टीबाट निर्वाचित समानुपातिक सांसद गुरुङले सभामुख तुलाराम घर्ति मगरलाई पत्र पठाउँदै पदबाट राजीनामा दिएकी हुन्।
पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर आफूले राजीनामा दिएको उल्लेख गरेकी छन्।
‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले पत्रमा भनेकी छन्, ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु।’

प्रतिक्रिया
सम्बन्धित समाचार