३१ बैशाख पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-३ कदमबासस्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका दुई किशोरको मृत शरीर फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर सन्दिप बेल्बासेका अनुसार बुटवल उपमहानगरपालिका-४ लक्ष्मीनगरका १७ वर्षीय अभिषेक श्रेष्ठ र १६ वर्षीय दिनेश सुवेदीको शव मंगलबार दिउँसो र साँझ दुई फरक स्थानमा भेटिएको हो।
गर्मी छल्न सोमबार तिनाउमा नुहाउन गएका दुवै जना डुबेर बेपत्ता भएका थिए। खोजी कार्यपछि उनीहरूको शव नदीको दुई स्थानमा फेला परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार