२ जेठ,काठमाडौं । राजावादी प्रदर्शनपछि पक्राउ परेका राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा मिश्रलाई हाजिरी जमानीमा रिहा गर्ने आदेश दिएको हो।
कानुन व्यवसायीको रोहबरमा मिश्रलाई रिहा गरिएको छ। गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्रलाई प्रहरीले पक्राउ गरेको थियो।
राज्यविरुद्धको कसुर, संगठित अपराध र अपराधिक उपद्रवसम्बन्धी मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको थियो। प्रहरीले आठ पटक म्याद थप गरेर मिश्रलाई हिरासतमा राखेको थियो।
प्रतिक्रिया
सम्बन्धित समाचार