२ जेठ बुटवल । पश्चिम नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
शुक्रबारअपरान्ह हावाहुरी सहित पानी परेपछि सुनवल नगरपालिका वडा नम्बर ७ चारपालामा रहेको प्रतिक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो ।
घटनामा सुनवल नगरपालिका वडा नम्बर ७ की ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलका अनुसार घटनामा सोही स्थानकी ४० वर्षीया नरमती परियार, ५१ वर्षीया दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते हुनुभएको छ ।
उहाँहरूको देवदह मेडिकल कलेज रूपन्देहीमा उपचार भइरहेको छ । पानी परेपछि प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई हावाहुरीले ढलेको ठूलो रुखले च्यापेको थियो ।
रूख प्रतिक्षालयमाथि ढलेपछि प्रतिक्षालय समेत भत्किएको प्रहरीले जनाएको छ । शुक्रबार अपरान्ह नवलपरासी सहित आसपासका जिल्लामा तीव्र हावाहुरी सहित वर्षा भएको थियो । अहिले मौसममा क्रमिक सुधार हुँदै छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार