• ट्रेण्डिङ :

जनार्दन र देउवाबीच के कुराकानी भयाे ?

जनार्दन र देउवाबीच के कुराकानी भयाे ?

cnewsnepal

शुक्रबार, जेष्ठ २ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२ जेठ,काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच समसामयिक राजनीतिकका विषयमा छलफल भएको छ।

देउवालाई भेट्न शर्मा शुक्रबार बूढानीलकण्ठ पुगेका थिए।  सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएकाे शर्मा निकट स्राेतकाे भनाई छ ।

नेकपा माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेको छ। सोही अभियानको उद्घाटनका लागि देउवाको गृह जिल्ला डडेलधुरा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवालाई फोन गरेका थिए।

देउवाले गृहजिल्लामा स्वागत गरेका थिए । सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबीच राष्ट्रबैंककाे गभर्नर नियुक्तिका विषयमा अझै कुराे नमिलेकाे अवस्थामा याे भेटलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार