CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
झापा, ३ जेठ । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ ।
एशियाली विकास बैंकको सहयोगमा रु. १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ ।
निर्माण सम्बन्धी ठेक्का लिएको निर्माण कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न आज पत्राचारमार्फत निर्देशन दिइएको कार्यालयका आयोजना प्रमुख ई। सुनिलबाबु पन्तले बताए।
प्रतिक्रिया
सम्बन्धित समाचार