• ट्रेण्डिङ :

राष्ट्र बैंककाे १८ औं गभर्नरमा डा. पाैडेल

राष्ट्र बैंककाे १८ औं गभर्नरमा डा. पाैडेल

cnewsnepal

मंगलबार, जेष्ठ ६ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


 ६जेठ,काठमाडौं । सरकारले राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।

 

सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा पौडेल रहेका थिए भने दोस्रोमा निलम ढुंगाना र तेस्रोमा दिनेश भट्टराई रहेका थिए । यी तीनजनामध्येबाट सरकारले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।

नव नियुक्त गभर्नर पौडेल यसअघि गभर्नर सिफारिस समितिमा विज्ञको तर्फबाट सदस्य बनेका थिए । उनले गभर्नर पाउने सम्भावना देखिएपछि सदस्यबाट राजीनामा दिएर गभर्नरका लागि दौडधूप शुरु गरेका थिए ।

नेपाल राष्ट्र बैंकको गभर्नर पद चैत २४ देखि नै रिक्त थियो । डेपुटी गभर्नर निलम ढुङ्गानाले कामुको रूपमा राष्ट्र बैंकको कामकाज भइरहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार