• ट्रेण्डिङ :

चौरजहारीको जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : अध्यक्ष प्रचण्ड

चौरजहारीको जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : अध्यक्ष प्रचण्ड

cnewsnepal

मंगलबार, जेष्ठ ६ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


६ जेठ,रूकुम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूकुम पश्चिमको चौरजहारीमा सम्पन्न जनसभालाई मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट कार्यक्रमको रूपमा उल्लेख गरेका छन्।

सानीभेरी गाउँपालिका–चाइनाबगरबाट सुरु भएको अभियानको क्रममा प्रचण्ड नेतृत्वको टोली रूकुम प्रवेश गरेसँगै विभिन्न कार्यक्रमहरूमा सहभागी भई मुसिकोट नगरपालिका–५, सेरी गाउँमा बास बसेको थियो। सेरीमा स्थानीय नेता, कार्यकर्ता र बासिन्दाहरूले टोलीलाई फूलमाला र नाराजुलुससहित भव्य स्वागत गरेका थिए।

सेरीमा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रूकुम प्रवेश गरेदेखि चौरजहारीसम्मको जनसहभागिता अत्यन्त उत्साहजनक रहेको बताए। “चौरजहारीको जनसभा अहिलेसम्मकै सशक्त, भव्य र ऐतिहासिक रह्यो,” उनले भने, “रूकुमबासीको माया र समर्थन पार्टीप्रति अझै बढेको अनुभूति भयो।”

प्रचण्डले रूकुमका जनताप्रति पार्टीको जिम्मेवारी अझ बढेको उल्लेख गर्दै विकासका योजना र पार्टी प्राथमिकता अब रूकुममै केन्द्रित हुने प्रतिबद्धता जनाए। “पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा अब योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक छ,” उनले भने, “स्थानीय तहसँग सहकार्य गरेर समुचित विकासमा पार्टीले विशेष ध्यान दिनेछ।”

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, सर्वसाधारण तथा पार्टी कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। जनसभाले अभियानमा नयाँ ऊर्जा थपेको नेताहरूले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार