• ट्रेण्डिङ :

झरीका बीच लुम्बिनी प्रवेश गर्‍यो प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान

झरीका बीच लुम्बिनी प्रवेश गर्‍यो प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान

cnewsnepal

बुधबार, जेष्ठ ७ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


७ जेठ,रुकुमपूर्व । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सुरु गरिएको मध्यपहाडी लोकमार्ग अभियान झरीका बीच लुम्बिनी प्रदेशमा प्रवेश गरेको छ।

बैतडीको पाटनबाट सुरु भएको अभियान टोली रुकुम पश्चिम हुँदै रुकुमपूर्व प्रवेश गरेको हो। वर्षासँगैको कठिन यात्राबीच अभियानले कर्णाली प्रदेश पार गरेर लुम्बिनी प्रदेशमा पाइला टेकेको छ।

यसक्रममा बैतडीको पाटनमा फहराइएको राष्ट्रिय झण्डा र कम्युनिष्ट पार्टीको झण्डा कर्णाली प्रदेश टोलीले लुम्बिनी प्रदेश टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

अभियानको अन्तिम गन्तव्य सोलुखुम्बु रहेको छ। सोलुमा पुगेर अभियानको औपचारिक समापन गरिने बताइएको छ।

नेकपा (माओवादी केन्द्र)ले यो अभियानलाई तराईको हुलाकी मार्ग केन्द्रित अभियानसँगै जनतासँगको सम्बन्ध सुदृढ गर्न र वर्गीय आधारमा राजनीतिक चेतना फैलाउने उद्देश्यले सञ्चालन गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार