• ट्रेण्डिङ :

रुकुमपूर्वमा बाबुराम भट्टराई नेतृत्वको सिंगो पार्टी माओवादी केन्द्रमा प्रवेश

रुकुमपूर्वमा बाबुराम भट्टराई नेतृत्वको सिंगो पार्टी माओवादी केन्द्रमा प्रवेश

cnewsnepal

बुधबार, जेष्ठ ७ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


७ जेठ,रुकुमपूर्व ।   रुकुमपूर्वको सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरण र सहभागितामूलक लोकतन्त्रको आवश्यकता झल्काए।

‘जनतासँग माओवादी – मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताको विश्वास र सहभागिता पुनः मजबुत बनाउने अभियानको उद्देश्य प्रस्ट पारे।

कार्यक्रमको विशेष अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी माओवादी केन्द्रमा समाहित भएको छ। साथै, जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’ र नेकपा (एमाले) निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरे। जनपक्षीय सरकारको नेतृत्वमार्फत पार्टीप्रति आएको जनसमर्थन ऐतिहासिक र प्रेरणादायी भएको उल्लेख गर्दै उहाँले विचार, सिद्धान्त र लक्ष्यमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरे।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, व्यवसायी, राजनीतिक कार्यकर्ता र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार