८ जेठ,राेल्पा । माओवादी जनयुद्धको उद्गम थलो थवाङमा प्रचण्डसहितका नेता कार्यकर्ताले मर्निङ वाक गरेका हुन् ।
सो क्रममा प्रचण्डले सहिद परिवारसँगै स्थानीय नेता कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया पनि गरेका थिए । ईलाका प्रहरी कार्यालय थवाङका प्रहरी निरीक्षक बिदुर चन्द्र अधिकारीले अध्यक्ष प्रचण्ड ले रोल्पाको थबाङ मा सहिद स्मृति पार्क पुगी रोल्पाका सहिदको सालिक मा माल्यार्पण गरेकाे जानकारी दिए ।
त्यस्तै अध्यक्ष प्रचण्ड ले रोल्पाको थबाङ मा थबाङ गाउपालिकाद्वारा निर्मित थबाङ आधारभूत अस्पतालको उद्घाटन गरे । त्यहावाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली ले पुन: रूकुमपूर्व प्रवेश गरेको छ । अभियान रूकुम पूर्वका केहि कार्यक्रम मा सहभागी पश्चात बाग्लुङ प्रवेश गर्ने छ ।
