• ट्रेण्डिङ :

१० वर्षपछि फर्किए गंगानारायण, माओवादीले बनाए सचिव

१० वर्षपछि फर्किए गंगानारायण, माओवादीले बनाए सचिव

cnewsnepal

सोमबार, जेष्ठ १२ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१२ जेठ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच भएको समायोजन सहमतिसँगै गंगानारायण श्रेष्ठ पुनः माओवादीमा फर्किएका छन्। बाबुराम भट्टराईसँगै शक्तिमा सक्रिय रहेका श्रेष्ठलाई माओवादीले सचिव बनाउने निर्णय गरेको हो।

सोमबार भएको सहमतिपत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्। तर नेसपाका अध्यक्ष महिन्द्र राय यादव भने समायोजन प्रक्रियामा सहभागी भएनन्। यादवले पार्टी एकता गर्न माओवादी केन्द्रको नाम परिवर्तन हुनुपर्ने अडान राखेका थिए, जसमा प्रचण्ड नेतृत्व सहमत देखिएन।

यसैबीच, श्रेष्ठ नेतृत्वको समूह मात्रै माओवादीमा समाहित भएको हो। उनी २०७९ मंसिरमा सिन्धुपाल्चोक २(२) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसबेला नेसपाका उम्मेदवारहरूले माओवादीको चुनाव चिन्ह प्रयोग गरेका थिए।

संविधान जारी भएपछि माओवादी परित्याग गरेका श्रेष्ठ एक दशकपछि फेरि सोही पार्टीमा फर्केका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार