काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता माइला लामा र रेशम तामाङ मध्यरातमा पक्राउ परेका छन् ।
नेपाल प्रहरीले उनीहरुलाई भक्तपुरको कांडाघारीबाट प्रक्राउ गरेको हो । लामासंगै नेकपाका अर्का कार्यकर्ता रेशम तामांग समेत प्रक्राउ परेको प्रहरीले जनाएको छ ।
लामा विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतीक संघका अध्यक्ष समेत हुन् ।
उनकै नेतृत्वमा काठमाडौंमा चन्दा आतंक हुनुका साथै वम विस्फोटका घटना समेत भएको प्रहरीको दाबी छ ।
लामा विप्लव समूह भित्र प्रभावशाली नेताका रुपमा चिनिन्छन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौं क्षेत्र नम्बर ९ बाट चुनाव लडे पनि पराजित भएका थिए ।