• ट्रेण्डिङ :

ऋचा सह शिक्षा सदन मा.वि दहचोकमा कराते ग्रेडिङ कार्यक्रम सम्पन्न

ऋचा सह शिक्षा सदन मा.वि दहचोकमा कराते ग्रेडिङ कार्यक्रम सम्पन्न

cnewsnepal

बिहिबार, जेष्ठ १५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१५ जेठ,काठमाडौं । चन्द्रागिरि नगरपालिका–१, दहचोकस्थित ऋचा सह शिक्षा सदन मा.विको प्राङ्गणमा नेपाल सितेरियो कराते संघ अन्तर्गत सञ्चालित ऋचा डोजोका प्रशिक्षार्थी विद्यार्थीहरूको कराते ग्रेडिङ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री अतिस खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री भाइ कृष्ण बलामीकाे प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा शिवकुमार केसी, रामेश्वर मानन्धर, वरिष्ठ खेलाडी किशोर मानन्धर, लायन्स क्लब चन्द्रागिरि नगरपालिका अध्यक्ष मदन कार्की लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

ग्रेडिङ कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रूपमा ऋचा डोजोका प्रशिक्षार्थी दिपेश मगर र सन्दिपा लामालाई सम्मान गरिएको थियो।

कार्यक्रमले बालबालिकामा आत्मरक्षा, अनुशासन र खेलकुदप्रतिको अभिरुचि अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

तस्बिरहरू 

 

प्रतिक्रिया
सम्बन्धित समाचार