• ट्रेण्डिङ :

माओवादी मधेस संसदीय दलका नेता भरत साहमाथि यौन विचलनको आरोप, प्रचण्डलाई पठाए राजीनामा

माओवादी मधेस संसदीय दलका नेता भरत साहमाथि यौन विचलनको आरोप, प्रचण्डलाई पठाए राजीनामा

cnewsnepal

मंगलबार, जेष्ठ २० २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२० जेठ,जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

महोत्तरी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’बाट निर्वाचित साहमाथि यौन विचलनको आरोप लागेपछि साहले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् ।

मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार राजीनामा बुझाएका माओवादी केन्द्रका एक प्रदेश सांसदले जानकारी दिए।

स्रोतका अनुसार साहमाथि नैतिक चरित्र (यौन विचलन)सम्बन्धी गम्भीर आरोप लागेपछि उनीमाथि राजीनामाको दबाब पर्दै आएको थियो।

माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसद् र पार्टीका नेताहरुले उनलाई राजीनामा दिन दबाब दिए पनि साहले त्यसलाई अस्वीकार गर्दै आएका थिए। तर, पार्टीमाथि दबाब बढ्दै गएपछि प्रचण्डले नै उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए।

अब मधेस प्रदेशसभामा माओवादी संसदीय दलको नेता बन्न सांसदहरुबीच दौडधुप सुरु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार