• ट्रेण्डिङ :

संसद्‌को अवरोध हटाउने कि जारी राख्ने? विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा जारी

संसद्‌को अवरोध हटाउने कि जारी राख्ने? विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा जारी

cnewsnepal

शुक्रबार, जेष्ठ २३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२३ जेठ,काठमाडौं। संसद्‌को अवरोध हटाउने वा जारी राख्ने भन्ने विषयमा संविधान र गणतन्त्र पक्षधर संसद्‌मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरस्थित विपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा जारी छ।

भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नता देखिएपछि उनी नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राख्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि लगातार संसद्‌ अवरुद्ध गर्दै आएका छन्। यद्यपि बिहीबार बसेको बैठकले उक्त मागबाट केही लचिलो हुँदै भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान लिएको थियो।

तर विपक्षीहरूको यो मागमा सरकार सकारात्मक नदेखिएको विपक्षी नेताहरूको आरोप छ। संसद्‌ खुलाउनका लागि भएका पहलहरू अहिलेसम्म निष्कर्षहीन बन्दै गएकाले संसद्‌ बन्धक बन्न पुगेको उनीहरूको भनाइ छ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकार विपक्षीहरूको मागप्रति तयार नभएसम्म संसद्‌ अवरुद्ध रहने स्पष्ट पारेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार