• ट्रेण्डिङ :

फुलकन्टुयाक्ट कराटे महासंघको साधारण सभा सम्पन्न मुख्य प्रशिक्षक र उत्कृष्ठ खेलाडी सम्मान

फुलकन्टुयाक्ट कराटे महासंघको साधारण सभा सम्पन्न मुख्य प्रशिक्षक र उत्कृष्ठ खेलाडी सम्मान

cnewsnepal

शनिबार, जेष्ठ २४ २०८२
पढ्न लाग्ने समय: < ३ मिनेट


२४ जेठ,ललितपुर । नेपाल फुलकन्ट्याक्ट महासंघको साधारणसभा सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य कमल बहादुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा देशभरबाछ २४ संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले महासंघभित्र देखिएको समस्या समाधान गर्न निरन्तर लागिरहेको बताए। महासंघमा परिषदको कारण नविकरणदेखि सदस्यतासम्मको विवाद भएको छ । अदालतको फैसलालाई वेवास्ता गर्दै परिषदले महासंघको नविकरण समेत रोकेको छ ।

साधारण सभामा परिषदले गरेको अन्याय विरुद्ध फेरी कानुनी उपचार खोज्नुपर्ने आवाज उठेको थियो । कार्यक्रममा बोल्दै भट्टराईले राखेपमै विकृति रहेको बताउदै त्यसलाई निरन्त्रण गर्न आवश्यक रहेको औल्याए। उनले भने—महासंघको विरुद्धमा लागेका केही व्यक्तिले महासंघको विरोध गर्न खोजेको आरोप लगाए । अदालतले समेत कानुनी मान्या दिएको महासंघको पक्षमा अधिकांस सदस्य रहेको जानकारी दिए ।

उनले भने—अब दुईतर्फी राखेर तत्‌काल समस्या समाधान गर्नुपर्छ, लामो समयसम्म विवाद गरेर कुनै फाईदा हदैन अब सबैले गल्ती सुधारौ देशलाई खेलकुदमय बनाऔ । उनले परिषदले मान्यता नदिएको विषयमा अध्ययन भैरहेको बताए ।

म्हासंघका पुर्वअध्यक्ष दमन बस्नेतले परिषदले पेलेरै जानखोजे फेरी कानुनी उपचारमा जानबाध्य हुने चेतावनी दिए । उनले आधिकारीक महासंघ यही हो, हामीले राखेपका सदस्यसंग बैठक बसेर यही जानकारी गराएका छौ । परिषदले महासंघमा देखिएको समस्या समाधान गर्न राखेपका सदस्य भानु चन्दलाई जिम्मा दिएको छ । हामीले भन्नुपर्दा महासंघलाई नविकरण गर्न नदिनु परिषदको बदमासी हो । यही अवस्था रहे फेरी कानुनी उपचारमा जान बाध्य हुनेछौ ।

राखेपका मुख्य प्रशिक्षक कुमार श्रेष्ठले सबै संघलाई पत्राचार गरी साधारण सभा आयोजना गरिएको बताउदै विवाद गर्नुको कुनै तुक नभएको जिकीर गरे । उनले विवाद समाधान गर्न महासंघ तयार रहेको बताउदै आफुलेपनि परिषदसंग पहल गर्ने बताए ।

महासंघका उपाध्यक्ष नवराज सेढाईले २०६१ सालमा दर्ता स्थापना भइ २०६८ सालमा राखेपले तयार पारेको विधानबाट दर्ता भएको महासंघ आधिकारीकताको विषयमा कुनै विवाद नभएको उल्लेख गरे ।
उनले केही व्यक्तिहरुको कारण समस्या भएको बताउनुभयो । उहाले अबपनि समस्या समाधान नगरे अदालतले दिएको आदेश अनुसार महासंघ अघि बढ्ने चेतावनी दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष पदमराज सुवेदीले महासंघले गरेको कामको बारेमा जानकारी गराउनुभएको थियो । महासंघका सचिव अजय महर्जनले सञ्चालन गरेका साधारणसभामा महासंघका प्रमुख प्रशिक्षक कुमार श्रेष्ठ र चीनमा अन्तराष्ट्रिय पदक पाउन सफल खेलाडी बज्रकुमार राईलाई सम्मान गरिएको थियो ।

साधारणसभामा महासंसचिव विकास महर्जनले प्रस्तुत गरेकाे सांगठनिक र कोषाध्यक्ष सुमन गजुरेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको थियो । साधारणसभामा बोल्दै महासंघका अध्यक्ष शालिकराम कुँवरले महासंघमा देखिएको समस्या समाधान गर्न पहल भैरहेको बताए । उनले भने सबै निकायसंग कुरा गरिसकेका छौ, सबैको सकरात्मक सहयोग पाएका छौ चाडै समस्या समाधान हुन्छ ।

साधारणसभामा यही साउनमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै एकवर्षभित्र फैसला कार्यान्व्यनको लागि परिषदसंग अबिलम्ब छलफल गर्ने, रेफ्री सेमिनार, टेक्निकल सेमिनार, समर क्याम्प लगायत कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार