• ट्रेण्डिङ :

एचजेबीएल : टाइम्स फाइनलमा

एचजेबीएल : टाइम्स फाइनलमा

cnewsnepal

शनिबार, जेष्ठ २४ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


२४ जेठ,काठमाडौं  ।  हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को फाइनलमा प्रवेश गरेको छ ।

शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२–६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ ।
हाउण्ड् यसअघि पहिलो चरणमा व्यहोरेको हारको बदला समेत लिएको टाइम्सले हाउण्ड्स समान नै १७ अंक जोडेको थियो । दुवैले १० मध्ये समान ७ खेल जित्दा ३ खेलमा हार व्यहोरेको थियो ।

यसअघि हाउण्ड्सले टाइम्सलाई ७५–७१ ले पराजित गरेको थियो भने आजको खेलमा टाइम्स २५ अंक अन्तरले विजयी भयो । दुई टिमको अंक बराबर भएको अवस्थामा हेड टु हेडमा धेरै अंक जोडेकोले टाइम्सले बाजी मारेको हो ।
हाउण्ड्स भने अधिकांश समयम लिगको शीर्ष स्थानमा रहेपनि अन्तिम दुई खेलमा लगातार हारपछि अभागी बन्दै फाइनल पुग्न सकेन । यसअघि हाउण्ड्स गोल्डेनगेटसँग पराजित भएको थियो ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा हाउण्ड्स टाइम्स विरुद्ध पहिलो क्वाटरमा २०–१९ को झिनो अग्रता लिएको थियो । तर दोस्रो क्वाटरमा पुनरागमन गर्दै ३१–२७ ले आफ्नो पक्षमा पारेपछि हाफटाइसम्म टाइम्सले ५०–४७ को अग्रता बनायो ।तेस्रो क्वाटर टाइम्सले २१–१४ ले आफ्नो पक्षमा पारेपछि अन्तिम क्वाटरअघि नै ७१–६१ को अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर टाइम्सले एकपक्षिय रुपमा २१–६ ले आफ्नो पक्षमा पारेपछि पराकिलो जित हात पारेको हो । टाइम्सका मबिन्द्र भण्डारी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । टाइम्सका लागि मनिष केसीले सर्वाधिक २७ अंक स्कोर गरे । हाउण्ड्सका सिमोन गुरुङले १७ अंक स्कोर गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार