• ट्रेण्डिङ :

संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा सुरु

संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा सुरु

cnewsnepal

आइतबार, जेष्ठ २५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२५ जेठ,काठमाडौं । संविधान र गणतन्त्रको पक्षमा उभिएका संसद्‌मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ।

बैठक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा विपक्षी गठबन्धनका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसिरहेको हाे।

यस बैठकमा वर्तमान राजनीतिक परिस्थिति, सत्तारूढ गठबन्धनको क्रियाकलापप्रति साझा धारणा निर्माण गर्ने, र संसद्‌मा समन्वित भूमिका खेल्ने रणनीतिबारे छलफल भइरहेको बताइएको छ।

विपक्षी दलहरूले हालैको संवैधानिक प्रक्रियाहरू र गणतान्त्रिक मूल्यप्रति सरकारको दृष्टिकोणप्रति गम्भीर प्रश्न उठाउँदै आएका छन्। बैठकमा प्रमुख विपक्षी दलहरूसहित अन्य साना दलहरूका नेताहरूको उपस्थिति रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार