• ट्रेण्डिङ :

निर्वाचन प्रक्रियामा असहमत वाईसीएल काठमाडौंद्वारा सपथग्रहण कार्यक्रमको बहिष्कार

निर्वाचन प्रक्रियामा असहमत वाईसीएल काठमाडौंद्वारा सपथग्रहण कार्यक्रमको बहिष्कार

cnewsnepal

आइतबार, जेष्ठ २५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


 

काठमाडौं । योङ कम्युनिष्ट लिग, नेपाल (वाईसिएल) जिल्ला समिति, काठमाडौंले हालै सम्पन्न राष्ट्रिय तेस्रो सम्मेलनपछि सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीप्रति गम्भीर असहमति जनाउँदै सपथग्रहण समारोह बहिष्कार गरेको जनाएको छ।

वाईसिएल काठमाडौंका अध्यक्ष रूपेश दंगालद्वारा हस्ताक्षरित वक्तव्यमा जनाइएको छ कि दशवर्षे जनयुद्धदेखि विभिन्न आन्दोलनमा अग्रसर रहेका काठमाडौँका युवाहरूले संगठनमा योगदान पुर्‍याए पनि उनीहरूको त्याग र योगदानको सम्मान नगरी मनोमानी ढंगले नामावली परिवर्तन गरिएको हो।

“निर्वाचन मण्डल समक्ष बुझाइएको नामावलीको खिल्ली उडाउँदै अपारदर्शी तरिकाले नयाँ नाम समेटिएकोले हामी उक्त नामावलीमा असहमति जनाउँदै सपथग्रहण समारोहमा सहभागी हुन अस्वीकार गरेका छौं,” वक्तव्यमा उल्लेख गरिएको छ।

वक्तव्यमा अझ भनिएको छ कि, “यस प्रकारको अन्यायपूर्ण र अव्यवस्थित कार्यशैलीले काठमाडौंका समस्त युवा कमरेडहरूको भावनामा गम्भीर ठेस पुगेको छ। यो केवल काठमाडौं जिल्लाको मात्र होइन, संगठनकै अनुशासन र मूल्यप्रति ठूलो चुनौती हो।”

काठमाडौंले केन्द्रीय नेतृत्वलाई चुनावी प्रक्रिया र संगठनको आन्तरिक संरचनाप्रति इमानदार बन्न आग्रह गर्दै कानुनी र संगठनात्मक कदम चालिने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार