२५ जेठ,बुटवल । रुपन्देहीको समरीमाई गाउँपालिकामा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छिन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार वडा नम्बर ५ की २२ वर्षीया सिर्जना पाल शनिबार राति घरमा सुतेकी थिइन्। तर, आइतबार बिहान पौने २ बजे घर नजिकैको खेतमा उनको जलेको अवस्थामा शव फेला परेको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाले दिएको जानकारी अनुसार शव घरबाट करिब १ किलोमिटर टाढा फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले सिर्जनाका श्रीमानलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको र सबै पक्षको संलग्नता हेरेर छानबिन अघि बढाइरहेको जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार