• ट्रेण्डिङ :

रुपन्देही–३ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बद्रे आलम

रुपन्देही–३ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बद्रे आलम

cnewsnepal

आइतबार, असार २९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । राष्ट्रिय जनमोर्चाले रुपन्देही जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुन गइरहेको उपनिर्वाचनमा केन्द्रीय सल्लाहकार बद्रे आलमलाई उम्मेदवार बनाउने भएको छ ।

अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८२ असार २९ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिइएको हो ।

वक्तव्यमा अगाडि भनिएको छ– “रुपन्देही जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा यही २०८२ कात्तिक १७ गते हुन गइरहेको उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार का. बद्रे आलम (मुसलमान) लाई उम्मेदवारको रूपमा खडा गर्ने निर्णय भएको कुरा यही प्रेसवक्तव्यमार्फत् सार्वजनिक गर्दछौँ

प्रतिक्रिया
सम्बन्धित समाचार