३२ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी नवनियुक्त मन्त्री भगवती न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिएकी छिन्।
राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई शपथ गराएका हुन्। नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य रहेकी न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्रीमा नियुक्त गरेका थिए।
अघिल्ला मन्त्री राजकुमार गुप्ताले घुस लेनदेनसम्बन्धी अडिओ सार्वजनिक भएपछि राजीनामा दिएका थिए। त्यसको केही घण्टामै न्यौपानेलाई नयाँ मन्त्रीको रूपमा नियुक्त गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार