• ट्रेण्डिङ :

एमाले पोलिटब्युरो बैठक आज च्यासलमा, विधान मस्यौदामाथि पुनः छलफल हुँदै

एमाले पोलिटब्युरो बैठक आज च्यासलमा, विधान मस्यौदामाथि पुनः छलफल हुँदै

cnewsnepal

शनिबार, साउन ३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


३ साउन,काठमाडौं । नेकपा एमालेको स्थगित पोलिटब्युरो बैठक आज पुनः बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेबाट बैठक सुरु हुने तय भएको छ।

आजको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत गरिएको विधानको मस्यौदामाथि थप छलफल हुने कार्यक्रम छ। शुक्रबारको बैठकमा सात जना नेताहरूले उक्त मस्यौदामाथि आ-आफ्नो धारणा व्यक्त गरिसकेका छन्। तीमध्ये किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापा रहेका छन्। बाँकी सदस्यहरू आज धारणा राख्नेछन्।

यसैबीच, बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक भूमिकाबारे पनि छलफल हुने भएको छ। उनको सक्रिय राजनीतिमा फर्किने निर्णय, उमेर हद (७० वर्ष), र दुई कार्यकालको सीमा जस्ता विषय पनि बैठकमा उठ्ने बताइएको छ।

बैठकबाट विधान मस्यौदाको अन्तिम रुपरेखा तय गर्ने प्रयास गरिने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार