• ट्रेण्डिङ :

पररास्ट्र मन्त्रीमा अस्ट्रेलियाका लागी नेपालका पुर्व महामहिम राजदुत श्री महेशराज दाहालको नाम चर्चामा

पररास्ट्र मन्त्रीमा अस्ट्रेलियाका लागी नेपालका पुर्व महामहिम राजदुत श्री महेशराज दाहालको नाम चर्चामा

cnewsnepal

सोमबार, असोज ६ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं – ७ असोज । अन्तरिम सरकार गठनको तयारी भइरहेका बेला पररास्ट्र मन्त्रालयको नेतृत्वका लागि महेस दाहालको नाम यतिबेला देशभर चर्चा भइरहेको छ।

दाहालले कानुन र शिक्षामा स्नातक, राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर, समाजशास्त्रमा एम.फिल सम्पन्न गर्नुभएको छ र हाल समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालय बाट विद्यावारिधि गरिरहनुभएको छ।

उहाँ नेपाल टेलिभिजनका पुर्व कार्यकारी अध्यक्ष, उच्चस्तरीय सूचना प्रविधि आयोगका पुर्व बोर्ड सदस्य, परराष्ट्र मामिला अध्ययन प्रतिस्ठानका पुर्व बोर्ड सदस्य साथै युवा हरुको अन्तरास्ट्रीय संस्था नेपाल जेसिसका पुर्व रास्ट्रीय अध्यक्ष एवम् अस्ट्रेलियाका लागी नेपाका पुर्व महामहिम राजदुत हुनुहुन्थियो !

बिभिन्न कलेज हरुमा समेत अध्यापन गराउनु भएका उहाँले सरकारी, गैरसरकारी, सामुदाईक संस्थाहरु, बैन्किङ क्षेत्र, शैछिक संस्थान ईन्स्योरेन्सहरु, युवा संस्थाहरु, बिभिन्न राजनैतिक दलहरु साथै लाएन्स, रोटरी, जेसिस जस्ता संस्थाहरुमा बिभिन्न तालिमहरु तथा उत्प्रेरणात्मक अभिब्यक्तिहरु दिदै आउनुभएको छ !

बिसै लाख युवा हरुलाई नेतृत्व, ब्यक्तित्व लगाएत बिबिध तालिम – बिभिन्न संघ संस्था र युनिभर्सिटी मार्फत प्रदान गर्दै आउनु भएका एक प्रेरणादाएक पात्र उहाँ मोटिभेसनल स्पिकर पनिको रुपले पनि सुपरिचित हुनुहुन्छ !

अत्यान्त क्षमतावान् र प्रतिभासाली प्रखर बक्ता र हजारौं युवाहरुको उत्प्रेरणाको श्रोत महेस दाहालले लिनुभएका बिभिन्न जिम्मेवारी हरुमा उत्कृस्ठ कार्य क्षमता प्रदर्शन गर्नुभएको आम नेपालिहरु बताउछन् !

ईमानदार, स्वतन्त्र, स्वस्छ छबिका कारण नेपाल भरीनै अन्तरिम सरकारको पररास्ट्र मन्त्रालय हाक्न सक्ने योग्य र उत्कृस्ट नेतृत्वको रुपले एकाएक नाम चुलिएलो छ !

प्रतिक्रिया
सम्बन्धित समाचार