बारा १७ चैत्र – आईतवार आएको भिषण आँधी हुरीमा परेर बारामा ३० जनाको मृत्यु भएको छ ।
बारा र पर्सामा हावाहुरी र असिना–पानीको कारण ठूलो जनधनको क्षति भएको हाे ।
जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३० जनाको मृत्यु भएको प्रहरीकाे एक स्राेतले वतायाे ।
अहिलेसम्ममा घाइतेहरुको एकिन भने गर्न नसकिएको प्रहरी प्रमुख सर्बेन्द्र खनालले जानकारी दिएका छ्न् | घाइतेहरुले नारायणी अस्पताल भरिएको छ ।
अहिलेसम्ममा धनजनको के–कति क्षति भयो भन्ने बारेमा कुनै जानकारी भने आइनसकेको प्रहरीले जानकारी दिएको छ ।
आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले cnewsnepal लाई जानकारी दिए ।
मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ३५०भन्दा बढि मानिस घाईते भएको जनाइएको छ ।
घाइतेहरुलाई एमबुलेन्स, ई–रिक्सा, मोटरसाइकल लगाएतले उद्धार गरिरहेको जानकारी गराइएको छ ।
हावाहुरीले सडकमा रुखहरु ढालेकोले उदरमा समस्या परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले जिल्ला प्रहरी कार्यालयलाई उदारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन ।





