• ट्रेण्डिङ :

काठमाडौं–९ मा युवा उम्मेदवारीले उत्साह : भ्रष्टाचारविरुद्ध अभियन्ता र दर्जनौँ युवा सञ्जालको रोशन दानीलाई खुला समर्थन

काठमाडौं–९ मा युवा उम्मेदवारीले उत्साह : भ्रष्टाचारविरुद्ध अभियन्ता र दर्जनौँ युवा सञ्जालको रोशन दानीलाई खुला समर्थन

cnewsnepal

मंगलबार, माघ १३ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा युवा उम्मेदवारका रूपमा रोशन दानीको उम्मेदवारी दर्ता भएसँगै राजनीतिक वातावरण थप ऊर्जाशील बनेको छ। विशेषगरी भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा घाइते भएका जेन–जी तथा युवा अभियन्ताहरूले दानीलाई “संघर्षबाट नडगमगाउने इमानदार नेता” भन्दै खुला समर्थन जनाउँदै चुनाव जिताउन अपिल गरेका छन्।

भ्रष्टाचारविरुद्धका अभियानमा सक्रिय रहँदा घाइते भएका अभियन्ताहरूले दानीप्रति समर्थन सार्वजनिक गर्दै, “अब संसदमा हाम्रो आवाज बोल्ने, पीडितको पक्षमा उभिने र भ्रष्टाचारको जरा उखेल्ने नेता आवश्यक छ,” भन्दै रोशन दानी नै त्यसको प्रतिनिधि भएको बताएका छन्।
यसैक्रममा विभिन्न प्रभावशाली युवा सञ्जालहरूले पनि दानीको उम्मेदवारीलाई ऐक्यबद्ध समर्थन जनाएका छन्। देश निर्माण अभियान, हातेमालो युवा आवाज, भ्रष्टाचार रोक अभियानलगायत दर्जनौँ युवा सञ्जाल तथा स्वतन्त्र अभियानहरू एकताबद्ध हुँदै काठमाडौं–९ मा परिवर्तनको लहर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
युवा पुस्तामाझ लोकप्रिय र वैचारिक रूपमा स्पष्ट नेताका रूपमा चिनिने दानीलाई काठमाडौं क्षेत्रबाट उदाउँदै गरेका कान्छा तर प्रभावशाली नेताको रूपमा हेरिएको छ। उनी यसअघि काठमाडौंको चन्द्रागिरि नगरपालिकामा उप–मेयर पदका लागि उम्मेदवार बनेर दोस्रो स्थान हासिल गर्न सफल भएका थिए। सीमित स्रोत–साधनका बाबजुद प्राप्त गरेको त्यो परिणामले उनको जनआधार, संगठन क्षमता र नेतृत्व क्षमताको पुष्टि गरेको विश्लेषकहरूको भनाइ छ।
दानीले सधैँ सुशासन, पारदर्शिता, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको कठोर लडाइँलाई आफ्नो राजनीतिक यात्राको मूल आधार बनाउँदै आएका छन्। युवाहरूको सक्रिय सहभागिता, अभियान–केन्द्रित राजनीति र इमानदार नेतृत्वकै कारण काठमाडौं–९ मा उनको उम्मेदवारीलाई परिवर्तनको प्रतीकका रूपमा हेरिन थालेको छ।
राजनीतिमा निराशा बढिरहेको वर्तमान सन्दर्भमा रोशन दानीको उम्मेदवारीले आशा र भरोसाको नयाँ सन्देश दिएको समर्थकहरूको धारणा छ। युवा, अभियन्ता र सचेत नागरिकहरूको बढ्दो समर्थनसँगै काठमाडौं–९ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ।

https://www.facebook.com/share/v/1EBNiY4JWy/

प्रतिक्रिया
सम्बन्धित समाचार