यसैबीच नेकपा (एमाले)को सचिवालय बैठकले ५ प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले ५ प्रस्ताव पारित गरि पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा र भत्र्सना पनि गरेको छ । साथै उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहर गर्दै तत्काल रिहाइको माग गरेको छ ।
गौरीबहादुर कार्की आयोगद्वारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको एमालेले ठहर गरेका छ । घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानविन आयोग गठनको लागि एमालेको सचिवालयको बैठकले माग गरेको ।
ओली र लेखकको गिरफ्तारीले संविधान, लोकतन्त्र र मानवअधिकारका पक्षधर राजनीतिक शक्तिहरू र आम नागरिकलाई चिन्तित तुल्याएको एमालेले ठहर गरेको छद्ध ।
गिरफ्तारीको विरुद्धमा भोलि चैत १५ गते आइतबार पार्टीका जिल्ला कमिटीहरूको आयोजनामा जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल सरकारलाई विरोध–पत्र बुझाइने कार्यक्रम तय गरेको बैठक पछि जारि वक्तव्यमा उल्लेख छ ।
यस्ता छन् पारित भएका ५ प्रस्ताव–

