२० चैत, काठमाडौं । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।
मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर १५ मिनेटमा नेपालले म्यानमारसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो ।
ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा पनि म्यानमारसँग नेपालले १-१ गोलको बराबरी खेलेको थियो ।
जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ मा नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत अामने साम्ने छन् ।
दोस्रो खेलमा नेपालले भारतसँग ६ अपि्रलमा प्रतिस्पर्धा गर्ने छ । भारतलाई साफको बदला लिने लक्ष्यमा नेपाल हुनेछ । छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग नेपालले ९ अपि्रलमा प्रतिस्पर्धा गर्नेछ ।