मुक्कावाज अविरलाई एक पछि अर्कौ सफलता जापानका खेलाडीलाई हराउँदै अविरको नयाँ यात्रा

काठमाडौं । नेपालका खेलाडी एवं हिमाली चितुवा नामले परिचित अबिरल घिमिरेले जापानमा अर्को सफलता हात पारेका छन् ।
लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका घिमिरले आइबार जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कोरेका हुन् ।

उनले २८ वर्षीय जापानिज खेलाडी अकिफी ओयोलाई पहिलो राउण्डमा नै पराजित गरेका हुन् । काठमाडौंकोे चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई २ मिनेट ३० सेकेण्डमा नै पराजित गरेका थिए ।

अबिरल नेपालमा चर्चित किक बक्सिङ करातेका पूर्व चर्चित खेलाडी देव घिमिरेको पुत्र हुन । लामो समयदेखि उनी जापानमा रहेका आफ्नै पिता देवको निगरानी र प्रशिक्षणमा अभ्यास गर्दै आएका छन् ।

उनले विभिन्न राष्ट्रका खेलाडीहरू संग १२ वटा भिडन्तमा ११ वटामा जित हासिल गरेका थिए भने एक म्याच बरावरीमा रोकिएको थियो । नागोयाँ ब्राजिल,जापान लगायत देशका खेलाडीहरुलाई अविरले नकाउट हान्दै विजयीको यात्रा पछाउदै आएका छन् ।


चन्द्रागिरि १२ मा जन्मिएका घिमिरेले सानै उमेरमा राष्ट्रको नाम अन्र्तराष्ट्रिय जगतमा फैलाउन सफल भएका छन् । जित हासिल गर्दे प्रतिकृया दिदै अविरले देशको नाम रोशन गराउने अभियानमा अविरल पाईला नरोकिने र वावुकै प्रेरणाका कारण खेल जगतलाई अगाडी वढाई राष्ट्रको नाम लेखाउन काममा सधै लागिरहने बताए । अविरलको खेल हेर्न नेपाली मुलका हजारौ व्यक्ति जापानको हलमा उपस्थित रहेका थिए ।