तेस्रो चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन स्तरीय फुटबल प्रतियोगिता आज वाट सुरु

काठमाडौं– तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन स्तरीय फुटबल प्रतियोगितामा शनिवारवाट चन्द्रागिरि स्थित नैकाप खेलमैदानमा सुरु भएको छ ।
दीपशिखा युवा समूह आयोजक रहेको ए डिभिजन फुटबल प्रतियोगिताको सांसद कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरेका हुन् ।


कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले खेलकुद विश्वकै शक्तिशाली शक्ति मध्य एक रहेको बताए । नेता श्रेष्ठले खेलकुदकै माध्यमवाट राष्ट्रको नाम उच्च बनाउने काम गरेको भन्दै खेलकुदलाई शसक्त वनाउन राज्यले लगनीमा कुनै कमि गर्ने नहुने उनको तर्क थियो । नेता श्रेष्ठले फरक प्रसंगमा लिपुलेक कालापनी हाम्रै देशको भएको कुरामा दुई मत नरहेको स्पष्ट पार्दे प्रधानमन्त्री ओलीले वार्ता र कुननितिक पहलका लागि परेको उनको भनाई थियो ।


कार्यक्रममा ३ नम्वर प्रदेका सांसद तथा बातावरण वन,उद्योग तथा पर्यटनकी संयोजक रमा आले मगरले हाल सञ्चालनमा रहेको नैकाप खेल मैदानलाई राष्ट्रिय खेलमैदानको रुपमा विकास गर्न पहल गर्ने बताईन । उनले यस्ता प्रतियोगिता हुनु चन्द्रागिरिकै नाम उच्च हुने कुरामा दुई मत नरहने स्पष्ट पारिन ।


चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले आफ्नो नगरमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले आफुहरूलाई उत्साहित पारेको भन्दै उक्त प्रतियोगिता सञ्चालन गर्न नगरपालिकाले सक्दो सहयोग रहने बताए ।नगर प्रमुख गिरीले आफ्नो नगरमा शनिवार देखि सुरु भएको खेललाई मर्यादित र सव्य पार्ने सवैको साथ सहयोग खाचो रहेको औल्याए ।


कार्यक्रमा हास्य कलाकार दिपक राज गिरीले पछिल्लो समय चन्द्रागिरिमा खेकुदको माध्यवाट राष्ट्रको नाम पहिचा गराउने खेलाडी यहि ठाउँले जन्माएको प्रति खुशी व्यत्त गर्दे दक्ष खेलाडी उत्पादनमा राज्यले लगनी गर्नु पर्ने उनको तर्क थियो ।
कार्यक्रममा आयोजक कल्वका अध्यक्ष रवि बुढाथोकीले तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन स्तरीय फुटबल प्रतियोगितामा रुस्लान थ्री स्टारसँगै १२ टोलीको सहभागिता रहेको बताए ।खेल प्रतियोगिताका संयोजक पुर्व राष्ट्रिय खेलाडी रमेश वुढाथोकीले प्रतियोगितामा आयोजकको दुई टोली सहभागी हुने जानकारी दिए ।

विभिन्न ए डिभिजन क्लवको सहभागितामा हुदैं आएको प्रतियोगिताको पहिलो संस्करण ब्राइट फ्युचर युथ समूहले आयोजना गरेको थियो भने दोस्रो संस्करण दीपशिखाले नै नै आयोजना गरेको थियो ।आयोजकका अनुसार यसवर्ष पुरस्कार राशीमा ५० हजार रुपैयाँ वृद्धि गरिएको छ । तेस्रो संस्करणको विजेताले ६ लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ पाउनेछ ।सर्वोत्कृष्ट खेलाडी र सर्वा्िधक गोलकर्तालाई समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालयन शेर्पा तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

प्रतियोगितामा रुस्लान थ्री स्टार, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, सिएमजी क्लब संकटा, भ्याली च्यासल युथ क्लब, सरस्वती युवा क्लब, ब्रिगेड ब्वाइज क्लब, जावलाखेल युवा क्लब र एनआइबिएल फ्रेन्डस् क्लबको सहभागिता रहेको छ । यस्तै आयोजकबाट दिपशिखा युवा समूह र चन्द्रागिरी नगरपालिका रहेको छ । आयोजकबाट दीपशिखा युवा समूह र चन्द्रागिरी नगरपालिकाका १५ वडाबाट खेलाडी छनोट गरेरअर्काे टोली तयार पारेको हो ।
यस्तै आयोजकले प्रतियोगितामा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका समेत सार्वजनिक गरेको छ । समूह ‘ए’ मा आयोजक दिपशिखा युवा समूह, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब रहेका छन् । समूह ‘बी’ मा चन्द्रागिरी नगरपालिका, फ्रेन्डस क्लब, रुस्लान थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लब रहेका छन् ।सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा आयोजक दिपशिखा युवा समूह र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा सुरु भएको छ । प्रतियोगिताको दोस्रो दिन मंसिर १ गते चन्द्रागिरी नगरपालिका र फ्रेन्डस क्लबबीच खेल हुनेछ ।

उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लब र आयोजक दिपशिखा युवा समूह बीच प्रतिस्पर्धा भएको हो । उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबले आयोजक दिपशिखा युवा समूहलाई ३–०को अन्तरले पाखा लगायो ।
ब्रिगेड ब्वाइज क्लबले खेलको २९ मिनेटमा जर्सी नम्बर १५ का खेलाडी ऋतिक खड्काले पहिलो गोल गर्दे खेललाई अग्रता कायम गर्न सफल भएका थिए । खेलको ४९ मिनेटमा ब्रिगेड ब्वाइज क्लबका जर्सी नम्वर १२ का शिशिर लेखीले दोश्रो गोल गरेका हुन भने खेलको ७६ मिनेटमा जर्सि नम्वर १० का खेलाडी मलद्रिना आङथम्पोले तेस्रो गोल गरि ब्रिगेड ब्वाइजलाई पहिलो चरणमा उक्लन सफल भएको छ । ब्रिगेड ब्वाइज क्लवका टिम क्याप्टेन मिलन गोले म्यान अफ दि म्याचको उपाधी पाए ।